कोरोनाबाट दक्षिण एसियामा १७ हजार ८ सय ८५ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारमा कोरोना भाइरसको संक्रमण सोमबार अहिलेसम्मको सबैभन्दा बढी १ हजार २ सय ७६ जनामा पाइएको छ । यसले भारतमा कोविड १९ संक्रमित संख्या १० हजार नाघेको छ । दिल्ली र महाराष्ट्र, यी दुई राज्यमा देशको ३७ प्रतिशति कोरोना संक्रमित छन् । सोमबार मात्रै दिल्लीमा ३ सय ५६ र महाराष्ट्रमा ३ सय ५२ कोरोना पोजिटिव पुष्टि भएका छन् ।

भारतमा कोरोना भाइरसबाट पिडित ३ सय ५८ ले ज्यान गुमाइसकेका छन् । सोमबार मात्रै २९ जनाको मृत्यु भयो । अहिलेसम्म महाराष्ट्रमा १६० र दिल्लीमा २८ को मृत्यु भइसकेको छ । महाराष्ट्रमा कुल संक्रमित संख्या २ हजार ३ सय ३४ पुगेको छ भने दिल्लीमा यो संख्या १ हजार ५सय १० पुष्टि भइसकेको छ ।

त्यसैगरी पाकिस्तानमा कोरोना संक्रमित संख्या ५ हजार ७ सय नाघेको छ । यहाँ यस संक्रमणबाट मर्ने पिडितको आंकडा ९६ रहेका छ । बंगलादेशमा ८ सय ३ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने मर्नेको संख्या ३९ पुगेको छ । अफगानिस्तानमा ६ सय ६५ कोरोना संक्रमित छन् भने त्यहाँ ३२ जनाले ज्यान गुमाइसकेको छ । त्यसैगरी श्रीलंकामा २ सय १८ जना संक्रमित पुष्टि भइसकेको छ भने ७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

नेपालमा १४ जनामा संक्रमण देखिसकेको छ । त्यसैगरी मालदिभ्समा २० जना र भुटानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।