वीरगन्जमा कोरोना कहर: घर बस्न छैन रहर


कृष्णउदास खनाल, वीरगन्ज।

पर्साको वीरगन्जका नागरिकहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । गएको बिहीबार दिउँसोसम्म प्रहरीले घरभित्र बस्नु भन्दा पनि केही अटेर गरी लखरलखर सडकमा हिडिरेहेका हुन्थें प्रहरी पनि हैरान थियो तर शुक्रबारपछि वीरगन्जको दैनिकी फेरिएको छ ।

पर्साको छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा आइतबार कोरोनाको पुष्टी भएपछि वीरगन्जको जनजीवन नै फेरिएको हो । आवश्यक सामान खरिद गर्न समेत नपाएर उनीहरु पीडामा परेका छन् ।

भारतीय तीनजनामा कोरोना पुष्टी भएकै भोलिपल्ट कैलालीकी एक बृद्धामा समेत कोरोना देखियो र उनीपनि वीरगन्जमा चिया बिक्री गर्दै आएकी थिइन र चैत १७ गते कैलाली गएकी थिइन् । यी दुबै घटनाले वीरगन्जमा जति त्रास र तनाब फैलियो, त्योभन्दा बढी तनावचाहिँ संक्रमितले झूठो वयान दिँदा उत्पन्न भएको छ। । छपकैयाको मस्जिदमा बस्दै आएका तीन जनामा शनिबारै कोरोनाको पोजेटिभ लक्षण देखिएको थियो ।

तर, उनीहरुले झूठो वयान दिएका कारण स्थानीय प्रशासनलाई कोरोनाको जरो पत्ता लगाउन सकस परेको छ । अनुसंधानमा खटिएका सुरक्षा अधिकारीहरुका अनुसार तीन भारतीयले बयान पटक पटक फेर्दै आइरहेका छन् जसका कारण त्रास झनै बढेको हो ।

प्रारम्भिक विवरण अनुसार संक्रमितहरु दिल्ली बस्ने ४५ बर्षीय, उत्तर प्रदेश वागपात बस्ने ५५ बर्षीय र दिल्लीकै ३७ बर्षीय व्यक्ति हुन् ।संक्रमित तीनैजना चैत २७ गते बिहीबार वीरगन्जस्थित नारायणी अस्पतालमा चेकजाँचका लागि आएका थिए ।

सोही दिन थ्रोट स्बाव संकलन गरेर हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । चैत २८ गते शुक्रबार नै प्रयोगशालाले तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको भन्दै पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला लैजाने जानकारी गराएको थियो ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायको संयुक्त टोली पनि सँगसँगै लागिपरेको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका ५९ जनार्को यापिड टेस्ट भइसकेको छ । उनीहरुको सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

त्यसैगरी ३८ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ । स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाउने तयारी भइरहेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई धमाधम क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको अधिकारीहरुले बताएका छन् ।

तर, यी तीनजना व्यक्तिहरुमा नेपालबाटै कोरोना र्सयो कि भारतबाट ? सोमबार रातिसम्म सरकारी टोली निश्कर्षमा पुग्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीकाअनुसार संक्रमितहरुको पीसीआर विधिबाट नै परीक्षण गरिएको हो र उनीहमा भाइरस लोड अत्याधिक देखिएकाले संक्रमण भएको ५र७ दिनभन्दा धेरै भएको छैन भन्ने अनुमान गर्न सकिन्छ ।

तर उनीहरुले लामो समयदेखि नेपालमै छौं भनिनरहेका छन् । उनले भने, उनीहरुले जेजे भनिरहेका छन् त्यो र कोरोनाको विज्ञान मिलिरहेको छैन ।’कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना समेत सहभागी भएको संयुक्त कार्यदल खटिएको छ ।

वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणासमेतको अगुवाइमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिबारे सूचना संकलन गर्ने, रिपोर्ट तयार गर्ने र ट्रयाक गर्ने काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग र विश्व स्वास्थ्य संगठनबाट आएका ५ सदस्यीय टोलीले पनि कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । टोलीले जनस्वास्थ्य कार्यालयका अधिकारी, नारायणी अस्पतालका चिकित्सकसँगको छलफलपछि संक्रमितसँग ट्राभल हिस्ट्री बुझेर सोमबारबाटै कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ ।

 

चिया पसलले अर्को तनाब

कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया बृद्धासँगै वीरगन्जबाट ३५ जना एउटै बसमा गएको खुलेको छ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई स्थानीय प्रशासनले चैत १७ गते ना४ख ६१४९ नम्बरको बसमा पठाएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार त्यो दिन वीरगन्जमा अलपत्र विभिन्न जिल्लाका ३५ जना कर्मचारी तथा कामदारलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइएको थियो ।

जालिममको स्वाब संकलन
जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँको समेत थ्रोट स्वाब संकलन गरिएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले मियाँलाई भेटेको हुन सक्ने आशंकामा थ्रोट स्वाब लिइएको हो ।

अध्यक्ष जालिम मियाँसँगै परिवारका १९ जना, कलवार कल्याण समिति स्थित क्वारेन्टाईनमा राखिएका १० जना र सिद्धार्थ स्कुल क्वारेन्टाइनका ९ जना गरी ३८ जनाको थ्रोट स्वाब कलेक्सन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो । उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।

जगरनाथपुर गाउँपालिकाबाट जमाति समूहका १५ जनालाई केही दिन अघि अध्यक्ष मियाँकै सवारीमा राखेर वीरगञ्ज ल्याइएको थियो । पर्सा, बाराबाट नियन्त्रणमा लिएका जमातीमध्ये बारा, रौतहट र सप्तरी घर भएका ३६ जनालाई घर पठाइएको थियो ।

संक्रमित व्यक्ति मुस्लिम समुदायकै जमाती भएको र , जगरनाथपुर गाउँपालिकाका जालिम मियाँको गाडीमा १५ जना जमातीलाई राखेर ल्याइएको पाइएका कारण सबैलाई होम क्वारेन्टाइनमै रहन भनिएको सहायक प्रजिअ बस्नेतले बताउनुभयो ।