वालिङका दुई क्लबद्वारा राहत कोषमा एक लाख सहयोग

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीले एक लाख सहयोग हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्षसहितका पदाधिकारी तथा लियो क्लबका अध्यक्षसहित पदाधिकारीहरुले शुक्रबार वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई एक लाख एक हजार एकसय एघार नगद हस्तान्तरण गरिएको हो ।

राहत रकम ग्रहण गर्नुहुँदै नगर प्रमुख खाँणले लायन्स क्लब र लियो क्लबले ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्राप्त सहयोगको सही र पारदर्शी तबरबाट सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “नगरपालिकाको राहत कोषमा क्लबले आर्थिकसँगै यसअघि पनि प्रचारात्मक कार्यहरु गरेर सहयोग गरेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा पनि अप्ठ्यारो परिस्थिति आएको खण्डमा सहयोगको क्रमलाई निरन्तरता दिंदै जानुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।”

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा हालसम्म नगद र खाद्यान्न गरी कूल एक्काईस लाख ३२ हजार संकलन भएको बताउनुहुँदै नगर प्रमुख खाँणले सहयोग उपलब्ध गराउनेको संख्या बढ्दै गएकाले अनुमानित तीस लाखको हाराहारीमा संकलन हुने विचार ब्यक्त गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै लायन्स क्लब अफ वालिङका अध्यक्ष देबेन्द्र भट्टराईले क्लबले पहिलो चरणमा एकलाख नगद हस्तान्तरण गरेपनि आगामी दिनमा नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

“लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भन्नुभयो, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।” “लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भन्नुभयो, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।”