प्रधानमन्त्री ओलीका सल्लाहकार भट्टराई अस्पताल भर्ना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् ।

माइल्ड हार्टअट्याक भएका भट्टराईलाई सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो । उनको मुटुमा समस्या देखिएकाले एन्जियोप्लास्टी गरिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।