हिमाली गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द

0
Shares

दयाराम पण्डित, बाजुरा ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले बाजुराको हिमाली गाउँपालिकाले छिमेकी जिल्ला हुम्ला र मुगुका सबै नाका बन्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत बन्द गर्न हिमाली गाउँपलिकाले निर्णय गरिएको हो ।

छिमेकी जिल्ला हुम्ला ,मसगुु लगायत अन्तरपालिकाको आवगमन पनि पूर्णरुपले बन्द गरेको हिमाली गाउँपालकाा अध्यक्ष गोविन्दवहादुर मल्लले जानकारी दिनुभएको छ । “ सिमानाका सबै पुलमा तारवार गरिएको छ भने प्रत्येक नाकामा दुई दुई जना स्वयंसेवक परिचालन गरेकाछौं ।” अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला हिमाली गाउँपालिका पनि निकै खटिएको छ । बाजुराको सर्वाधिक दर्गम हिमाली गाउँपालिकामा १ हजार ९ सय ६६ घरधुरी रहेको गाउँपालिकामा सबै घरलाई सावनु बितरण गर्नुका साथै घरघरमा पुगेर जनचेतना दिने काम भईरहेको छ । १५० क्वीन्ट।ल चामल मौज्दात गरेका छौं बपिन्न परिवारलाई बांड्ने योजना बनाउदै छौं अध्यक्ष गोबिन्मल्लले भननुभयो । अरु स्थानीय तहहरु जस्तै आफ्नो गाउँपालिकाले पनी यतिबेला गाउँ गाउँमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकमीृहरुका लागि भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

हिमाली गाउँपालिकका अधिकांश युवा विदेतिर छन् । गाउँमा प्राय बुडापाका छन् परिवारिक अवस्था बुझ्न प्रत्यक वडामा विपद ब्यबस्थापन समित गठन गरेको छ। उक्त समितिको सिफारिसको आधारमा कम्तीमा तिस किलो चामल र आवस्यक सामाग्री वितरण गर्ने बताइएको छ । १ जना बहराईन र ६जना भारतवाट आएकालाई होम क्वारेनटाइनमा राखेर उनको नियमित स्वास्थ्यपरिक्षण भैरहेको स्वास्थयकर्मी पे्रमकला मल्लले बताउनुभयो । पिपिइ सेटको नाममा केहीथान माक्स र पञ्जा प्राप्त भएका छन् । अरुसबै स्थानीय श्रोतसाधान प्रयोग गरेको त्याहाका स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यसै गरी हाल बिश्व कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेकोले यस अवस्थामा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकाले पनि हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरेको अध्यक्ष मल्लले बताउनुभयो ।
गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष दखि कर्मचारी सबै लागिपरेका छन् गाउँपालिका अध्यक्ष मल्लले जानकारी गराउनुभयो यतिबेला लकडाउनमा रहेको छ । राहत दिनु अगाडी हाल गाउँमा वडाअध्यक्षहरु वडा सचिवहरु तथ्याड्ढ संकलन भइरेको र केही दिनमा खान नपुग्ने दैनीक ज्यालामा काम गरि खानेहरुका लागी खाद्यन्नको ब्यबस्थापन कार्यक्रमको समेत ब्यबस्था गरेको अध्यक्ष मल्लले बताउनु भयो ।

त्यसै गरी हुम्ला बाजुरा जोडीएका बिभिन्न क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएका र छिमेकी जिल्ला हुम्ला बाजुरा र मुगु बाजुराको आवत जावतमा समेत रोक लगाएको छ । यतिवेला ओललो गाउँबाट पल्लो गाउँ जान पनि रोकिएको छ। गाउँका सार्वजनिक धारा मेलापात जांदा पनि दुई तिन जना भन्दा वढिको समुह वनाएर जांदैनौं । रोगब्याधी ले नपिडोस भनेर नजिकका देविदेवताको थानमा (मन्दीर) आगोवाल्ने ध्वजा लगाउने फुलपाती चढाउने जस्ता दैविक आस्थाका कर्मपनि गाउँघरा हुन थालेका छन् ।