डोटीका व्यापारीद्वारा विपन्नलाई राहत

0
Shares

विमल विष्ट, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लाका गणेश ट्रेर्डस एण्ड सप्लायर्सका व्यापारी तथा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गणेशदत्त भट्टले जिल्लामा रहेका बिपन्न तथा आर्थिक स्थिती कम्जोर भएका व्यक्तिलाइ एक लाख ३० हजारको राहत बितरण गर्नु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण यहाँका बिपन्न तथा आर्थिक स्थिती कम्जोर भएका व्यक्तिलाइ दैनिक छाक टार्न समस्या भएको भन्दै उहाँले राहत स्वरुप खाद्यन्न बितरण गर्नु भएको हो ।

दैनिक ज्यालादारी गरी जिवन यापन गर्दै आएका मानिसहरुलाइ समस्या भएको जानकारी पाएपछि दिपायल सिलगढी नगरपालिका मार्फत २५ क्वीण्टल चामल तथा सायल गाउँपालिका वडा नं १ छपाली गिरीचौकामा रहेका २० जना महिला लाइ रु पाँच सयका दरले २० जना महिलालाइ वडाअध्यक्ष हिरा थापा मार्फत राहत उपलब्ध गराएको व्यापारी तथा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गणेशदत्त भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउनले दैनिक ज्यालादारी गरी खाने वर्गलाइ समस्या भएको खबर पाएपछि मैले सहयोग गरेको छु, अन्य ठाउँमापनि सहयोग गर्ने तयारीमा छु ।” व्यत्तिगत रुपमा यति ठूलो रकमको राहत बितरण गर्ने डोटीमा भट्ट पहिलो व्यक्ति हुन् ।

त्यसैगरी आदर्श गाउँपालिका वडा न. ६ गिरिचौका वडाअध्यक्ष लाल बहादुर खडायतले विपन्न महिलाहरुलाई रु दश हजार९का दरले राहत वितरण गरेका छन् ।