चार दिन अघि उद्दार गरिएकी महिला फेरी कालीगण्डकीमा हामफाल्दा

0
Shares

न्युज अफ नेपाल, पर्वतन ।

चार दिन अघि नदीमा हामफालेको देखेर उद्दार गरिएकी महिला फेरी कालीगण्डकी नदीमै हाम फालेकी छन ।

सिन्धुपाल्चोकको इन्द्राबती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिकामा पर्ने वारी बेनीमा मजदुरी गरेर बस्दै आएकी ३५ बर्षिइा देबी थापा मगर शुक्रबार कालीगण्डकी नदीमा हामफालेकी हुन ।

चैत्र २५ गते मंगलबार नदीमा हामफालेकी मगरलाई स्थानिय युवाको समुहले देखेपछि जलजला गाउँपालिका–३ दोभिल्लाबाट उद्दार गरेका थिए । बेनी नजिकको दोभानबाट हामफालेकी मगरलाई शुक्रबार भने कसैले बचाउन सकेनन । दिउँसो पौने ३ बजे नदीमा महिला हामफालेको सुचना पाएर खोजीमा गएको प्रहरीटोलीले १ सय ५० मिटर तल लामखेमा मृत अबस्थामा फेला पारेको हो । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

यसअघि मंगलबार साँझ करिव ६ बजेपिपलबोट यूवा क्लवका सल्लाहकार सन्दिप गुरुङ सहितको यूवाहरुले नदीमा हामफालेको देखेपछि उद्दार गरेका थिए । उनलाई हाम फालेको करिब ५० मिटर तलबाट उद्धार गरिएको थियो। महिलालाई नदीबाट बाहिर निकाले लगत्तै प्रहरीले बेनी अस्पतालमा उपचार गरिएको थियो ।