कोरोना अपडेट : विश्वभर एक लाख २ हजार ६९३ को मृत्यु, महामारीको भुङग्रोमा अमेरिका

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर एक लाख २ हजार ६९३ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १६ लाख ९७ हजार ८०२ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ३ लाख ७६ हजार १८४ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १८ हजार ७ सय २५ जनाको मृत्यु भएको छ भने ५ लाख २३ हजार १८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो स्पेन जहाँ १६ हजार ८१ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।

यस्तै, इटालीमा १८ हजार ८ सय ४९, फ्रान्समा १३ हजार १९७, जर्मनीमा २ हजार ७६७, बेलायतमा ८ हजार ९५८, इरानमा ४ हजार २३२, टर्कीमा १ हजार ६, बेल्जीयममा ३ हजार १९, स्वीजरल्याण्डमा १ हजार २, नेदरल्याण्डमा २ अजार ५११, ब्राजिलमा १ हजार ६८ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।