सडक विभागको प्रस्तावित बजेट एक खर्ब ३७ अर्ब बढी

0
Shares

सुरेश तामाङ, काठमाडौं ।

सडक विभागले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ अर्ब बढी बजेटको प्रस्ताव गरिएको छ । विभागले विभिन्न ६५ शिर्षकका लागि विकास बजेटको प्रस्ताव गरेको हो । चालु खर्च तर्फ दुई अर्ब ८२ करोड ५८ लाख र पुँजीगत तर्फ एक खर्ब ३४ खर्ब ३७ करोड रुपियाँ गरी एक खर्ब ३७ अर्ब १९ करोड ५८ लाख रुपियाँ बजेट प्रस्ताव गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कुल बजेट तर्फ पुँजीगत खर्चमा नेपाल सरकारको ६३ अर्ब ६३ करोड ८३ लाख बैदेशिक अनुदान एक अर्ब ८८ करोड रुपिया, बैदेशिक ऋण ६८ अर्ब ८५ करोड १७ लाख रहेको छ । विभागले प्रस्तावित बजेटमा सुर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर त्रिपुरेश्वर सडकलाई समेत विशेष प्राथमिकतामा राखेको देखिन्छ ।

जहाँ अण्डर पास वा सुरुङनिर्माणको चर्चा चलिरहेको छ । यी सडकको संगमस्थल कोटेश्वरमा सवारी चापका कारण जाममा पर्नु पर्ने बाध्यता छ । विभागले यस समस्यालाई हल गर्न पाँच अर्ब १० करोड रुपियाँ बजेटको प्रस्ताव गरिएको छ । यसमा पाँच अर्ब रुपियाँ बैदेसिक ऋण ल्याउने सरकारले लक्ष्य समेत राखेर बजेटको प्रस्ताव गरिएको छ ।

सुरुङ मार्ग विकासलाई तिब्रता दिने सरकारको योजनालाई जोड दिँदै विभागले सुरुङ मार्ग विकास कार्यक्रमका लागि ६२ करोड रुपियाँ बजेट प्रस्ताव गरिएको छ । विभागले बहुचर्चित राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गलाई तिब्रता दिन पाँच अर्ब ८२ करोड ५६ लाख रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।

जसमा पाँच अर्ब ४० करोड ९ लाख रुपियाँ बैदेशिक ऋण हुने विभागले जनाएको छ । त्यस्तै प्रस्तावित बजेट मार्फत विभागले रणनीतिक सडकको पुुलहरुको विस्तृत संभाव्यता अध्ययन गर्ने जनाएको छ । विभागले यसका लागि ४५ करोड रुपियाँ बजेट प्रस्ताब गरिएको छ ।
अध्ययन पछि विभागले उक्त सडकमा रहेको पुल निर्माण तथा पुल पुलेसा संरक्षणमा चार अर्ब पाँच करोडको बजेट प्रस्ताव गरिएको छ ।

त्यस्तै विभागले बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमलाई समेत विशेष प्राथमिकतामा राख्दै बजेटको प्रस्ताव गरिएको छ। जसमा एक अर्ब दुई करोड ८२ लाख रुपियाँ बजेट प्रस्ताव विभागले गरेको छ । विभागले काठमाडौं चक्रपथको बाँकी रहेको कामलाई समेत आगामी वर्ष गर्ने गरी बजेटको प्रस्ताव गरेको छ ।

जसमा ६८ करोड ५३ लाख रुपियाँको बजेट प्रस्ताव गरिएको छ भने यसमा ५० करोड रुपियाँ बैदेशिक ऋण ल्याउने सरकारले योजना रहेको छ । त्यस्तै अर्काे बहुचर्चित आयोजनाको रुपमा रहेको काठमाडौंको बाहिरी चक्रपथ आयोजनालाई भने विभागले आगामी वर्षका लागि ४ करोड विकास बजेटको प्रस्ताव गरिएको छ ।