बाजुराको क्वारेनटाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

0
Shares

दयाराम पण्डित, बाजुरा ।

बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि र्‍यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ । क्वारेन्टाईनमा १४ दिन पुगेकालाई र्‍यापिड डायग्नोष्टिक टेष्टपछि ३५ जनाको कोरोना निगेटिभ स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ ।

बाजुराका नौ ओटा क्वारेन्टाईनमा राखिएका मानिसहरुको र्‍यापिड डायग्नोष्टिक टेष्टप गरिएको छ । १४ दिनपुगेका बडीमालिका नगरपालिकाको मालिकामा बिमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई र्‍यापिड डायग्नोष्टिक टेष्टपछिगरिएको छ । रिर्पाेट नेगेटिभ आएमा उनिहरुलाइ १ हप्ताहोम क्वारेन्टटाइमा बस्ने गरि कागज बनाएर शुक्रवार दिउसो घर पठाएको बडिमालिका नगरपालिकाका स्वास्थ्य सयोजक टेक बहादुर खड्काले वताउनुभएको छ ।

जिल्लाका नौ ओटा स्थानीय तहका एक सय १७ जनालाई क्वारेन्टाईनमा राखिएका छन् । र्‍यापिड डायग्नोष्टिक टेष्टका लागिबाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्यउपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका पन्तले बताउनुभयो – र्‍यापिड डायग्नोष्टिक टेष्टका लागिपहिलो चरणमा ३ सय थान र्‍यापिड डायग्नोष्टिक टेष्टकिट जिल्लामा आएको छ । क्वारेन्टाईमा बसेका चेक पछि चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटिमा खटिएका प्रहरीको पनि टेष्ट गरिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।