ओली र मोदीबीच टेलिफोन वार्ता : कोरोना भाइरसविरुद्धको सहकार्यलाई सशक्त बनाउन सहमत

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । बिहिबार सामाजिक सन्जालमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका छन् ।

टेलिफोन वार्तामा आफूहरुबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमत भएको ओलीले बताएका छन् । यस्तै, लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ(आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको उनले बताए ।

ओलीले ट्‍वीटमा भनेका छन्, ‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।’