तरकारी संकलनका लागि आलोपालो प्रणाली लागू 

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा तरकारि सङकलनका लागि आलोपालो प्रणालि लागू गरिएको छ।

कोरोना भाइरसको कारण लकडाउन भएपछि तरकारिको खपत घट्न गएका कारण जिवजिवेमा रहेको तरकारि सङकलन केन्द्रले पालैपालो तरकारि लिने बनाएको सङकलन केन्द्रका सन्चालक खिलनाथ पौडेलले बताउनुभयो । लकडाउन हुनुभन्दा पहिले केन्द्रले कालिकास्थान, धुन्चे, टिमुरे र नुवाकोटको त्रिशुलिसम्म तरकारि लैजाने गरेको थियो। अहिले तरकारि खपत अत्यन्तै न्यून छ । जिवजिवे क्षेत्रमा तरकारिका लागि स्थानिय वजार छैन ।

कृषिमा लागेका यस ठाउँका मानिसहरुले बारिमा नै तरकारि सुरक्षित भएकाले माग आएपछि मात्र तरकारि टिप्ने गरेका छन् । अहिले यहाँ काउली, वन्दा, साग, मटरकोसा र बकुल्ला उत्पादन भएका छन ।