न्युयोर्क (एजेन्सी)
विश्व महामारी कोरोना भाइरस संक्रमित १६ लाख १७ नाघेको छ । यो एकदिनमा करिब १ लाख ले संक्रमित संख्यामा भएको बृद्धी हो । यस संक्रमणबाट मर्नेको संख्या ९५ हजार ७ सय २२ पुगेको छ ।
अमेरिकामा विगत २४ घन्टामा करिब २ हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भयो । बुधबार पनि मर्नेको संख्या १ हजार ९ सय ७३ पुगेको थियो । विगत दुई दिनमा अमेरिकामा करिब ४हजारको मृत्यु भइसकेको छ र अहिलेसम्म १६ हजार ६ सय ९५ पुगेको छ । यहाँ संक्रमित संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ ।
भारतमा कोरोना संक्रमित एकै दिनमा ७ सय बृद्धी भएर संख्या ६ हजार ७ सय २५ पुगेको छ भने यहाँ संक्रमणबाट २ सय २७ को मृत्यु भइसकेको छ ।
युरोपमा सब्रभन्दा चपेटामा परेको इटाली र स्पेनमा पछिल्ला केही दिनमा संक्रमित तथा मृत्यु हुनेको संख्यामा गिरावत आइरहेको छ । इटालीमा अहिलेसम्म १८हजार २ सय ७९ र स्पेनमा १५ हजार ४ सय ४७ को मृत्यु भइसकेको छ ।
त्यसैगरी युरापमा कारोना संक्रमणको अर्को केन्द्र बन्दै गइरहेको फ्रान्समा १२ हजार २ सय १० को मृत्यु भइसकेको छ भने यहाँ संक्रमण हुनेको संख्या १ लख १७ हजार ७ सय नाघेको । जर्मनीमा भने संक्रमित संख्या अत्यधिक देखिए पनि तुलनात्मक रुपमा मृत्यु हुनेको संख्या २ हजार ६ सय ७ मात्र रहेको छ । यहा संक्रमित संख्या १ लाख १८ हजार २ सय २५ रहेको छ ।
त्यसैगरी बेलायतमा मर्नेको संख्या ७ हजार ९ सय ७८ पुगेको छ भने यहाँ संक्रमित संख्या ६५ हजार ७७ रहेको छ । कोरोना भाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूबाट बाहिर ल्याइएको छ । तर उनलाई अस्पतालमै राखिएको बताइएकोछ ।
एसियामा चीनपछि सबैभन्दा प्रभावित इरानमा ४ हजार १ सय १० को मृत्यु भइसकेको छ । इरानमा ६६ हजार २ सय २० संक्रमित पुष्टि भइसकेको छ ।











प्रतिक्रिया