इटालीमा १ सय डाक्टरको कोरोनाबाट मृत्यु

0
Shares

रोम (एजेन्सी)

इटालीमा कोरोना भाइरसबाट सबैभन्दा नराम्रो असर फ्रन्ट लाइनमा काम गर्ने अर्थात नर्स र डाक्टरहरुमा भइरहेको छ । उपचारका क्रममा उनीहरु आफै यसको चपेटामा आइरहेका छन् । अहिलेसम्म १ सय डाक्टरको कोविड १९ बाट मृत्यु भइसकेको छ ।

इटालीमा पहिलो संक्रमित फेबु्रअरीमा पुष्टि भएको थियो मार्चमा यसले त्यहाँ भयानक रुप लियो । संक्रमित संख्यामा लगातार आएको बृद्धीले स्वास्थ्य सुविधा सम्पन्न मानिएको यो देशमा अस्पताल देखि चिकित्सकिय सामाग्री र स्वास्थ्यकर्मीहरुको अभाव हुन थाल्यो ।

जसले गर्दा होटल र स्पोर्टस सेन्टरहरुलाई अस्पतालमा परिणत गरिएका छन् । गैर स्वास्थ्य चिकित्साकर्मीहरुलाई पनि तालिम दिँदै कोरोनाको युद्धमा उतारिएको छ ।

इटालीको स्वास्थ्इ संगठन एनएनओएमसीइओका प्रवक्ताले बिहिबार कोविड १९ का कारण १ सय डाक्टरले ज्यान गुमाइसकेको जानकारी दिएको हो ।

संक्रमणका कारण ज्यान गुमाउनेहरुमा अवकाश प्राप्त डाक्टर्सहरु पनि छन् जसलाई सरकारले एक महिना अगाडी कोरोना भाइरस विरुद्धको लडाईमा मद्दतका लागि बोलाउन थालेको थियो । कोविड १९ कारण विश्वमा सबैभन्दा बढी इटालीमा १८ हजार २ सय ७९ मृत्यु भइसकेको छ ।

त्यसैगरी इटालीमा ३० नर्स तथा नर्सिंग सहायकको पनि संक्रमणबाट मृत्यु भइसकेको सन्चारमाध्यमहरुले जनाएको छ । एनएनओएमसीईओको वेबसाइटमा संस्थाका अध्यक्ष फलिप्पो एनेलीले अब पनि डाक्टर र स्वास्थ्यकर्मीहरुलाई भाइरस विरुद्ध बिना कुनै सुरक्षा लडाईमा उतार्नु सही नहुने बताए ।

रोममा आइएएसएस सार्वजनिक स्वास्थ्य संस्थानले इटालीमा संक्रमित मध्य १० प्रतिशत स्वास्थ्य रेखदेख क्षेत्रमा काम गर्नेहरु भएको अनुमान गरेको छ ।