मास्क लगाउन मेलानियाको सल्लाह

0
Shares

वासिंगटन,(एजेन्सी)

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले नागरिकलाई मास्क लगाउन सल्लाह दिएकी छन् । कोरोना भाइरस संक्रमण बढ्ने क्रम लगातार जारी रहेकोले उनले उक्त सुझाव दिएकी हुन् ।

सीडीएस लगातार कोरोना भाइरसको बढ्दो संक्रमणमा शोध गरिरहेको छ र उसले नागरिकलाई कपडाको मास्क लगाउन सुझाव दिएको मेलानिया बताइन् ।
सामाजिक दुरीको नियम पालना गर्न कठिन हुन्छ भने मास्क अनिवार्य लगाउनु पर्ने उनले बताइन् । तर सामाजिक दुरी राख्नु पर्ने अनिवार्यताको स्थान मास्कले लिन नसक्नेमा उनले सचेत गराए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य निकायले मास्क लगाउन अनिवार्य भएको बताएपनि आफुले लगाउन नसक्ने बताएका थिए । कोरोना भाइरसको अनियन्त्रित प्रसारलाई लिएर अमेरिकी स्वास्थ्य विभागले जनतालाई मास्क लगाउन आदेश जारी गर्नु पर्ने राष्ट्रपतिलाई सुझाव दिएको थियो ।

तर ट्रम्पले सुझावको गाम्भिर्यतालाई लत्याउँदै मास्क लगाउने जनताको इच्छामा निर्भर गर्ने र आफुले पनि लगाउन नसक्ने बताएका थिए ।

कोरोना संक्रमणको उदगम मानिएको चीनले पनि जनतालाई मास्क लगाउन अनिवार्य गराएको थियो । चीनले बाँकी विश्वलाई पनि मास्क लगाउनु रोकथामको एउटा प्रभावकारी उपाय भएकोले त्यसमा जोड दिन भनेको थियो ।