दम्सिडोल सामुदायिक वनद्वारा स्यानिटाइजर वितरण, विपद् कोषमा २५ हजार जम्मा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित दम्सिडोल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई स्यानिटाइजर वितरण गरेको छ । समूहले आफ्नो उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै स्यानिटाइजर वितरण गरेको हो ।

विश्वभर फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट बच्न आफ्ना उपभोक्तालाई स्यानिटाइजर वितरण गरिएको समूहका अध्यक्ष सेते तामाङले बताउनुभयो ।

‘उपभोक्ताहरु दैनिक बस्तुभाउ छुने, हँसिया चलाउने जस्ता कृयाकलापले किटाणुको संक्रमणबाट बचाउन स्यानिटाइजर वितरण गरेका हौँ ।’, अध्यक्ष तामाङले बताउनुभयो ।

समूहले आफ्नै क्षेत्रमा रहेको डायलाइसिस विरामीकालागिप्रयोग हुने पानीउत्पादनगर्ने कम्पनी रोडोडेन्ड्रोन बायो टेक कम्पनीसँग सहकार्य गरेर आफ्ना उपभोक्ताहरुलाई स्यानिटाइजर वितरण गरेको हो ।

कम्पनीले केहीदिन अघिदेखि उत्पादन सुरु गरेको उक्त स्यानिटाइजर टिकाभैरब, लप्से, कोटडाँडा, सिमल्टार, कालिटार, गैरिगाउँ, जुरे लगायत स्थानमा बसोबास गर्ने आफ्ना उपभोक्तालाई वितरण गरेको समूहले जनाएको छ ।

त्यस्तै समूहले गोदावरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापनकोषमा २५ हजार रुपियाँ राहत रकम हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा भोगिरहेको विपद्ले पारेको प्रभावलाई मध्यनजर गर्दै कोषमा रकम सहयोग गरेको समूहले जनाएको छ ।