पर्यावरणीय प्रणालीमा मानव विकासको चुनौती

282
Shares

डा. लाक्पा शेर्पा

भूमिका

पृथ्वीको उत्पति हुनु ४.५४ अर्ब वर्ष यता अस्तित्वमा आएका र लोप भएर गएका प्राणी तथा बोटबिरुवाहरुको अभिलेख नभए पनि ती सबै पृथ्वीको वातावरण अनुसार बाँच्न सक्नेजति अस्तित्वमा रहे र नसक्ने जति सबै अस्तित्वबाट लोप भएर गएको भन्ने भनाइ छ ।

चाल्र्स डार्विन (१८५७) ले त्जभयचथ या ल्बतगचब िक्भभिअतष्यल मा प्रकृति र पर्यावरणसँग सङ्घर्ष गरी आफूलाई त्यस अनुकूल बनाउन सक्ने अस्तित्वमा रहन सक्दछन् भने नसक्ने जति लोप भएर जान्छन् भनेका छन् ।

पर्यावरण र प्राणी वीचको सम्बन्ध

पृथ्वीमा भएको जल, जमिन, वायुमण्डल,प्राणी तथा बोट बिरुवाहरु आफैं एउटा पारिस्थितिक प्रणाली भित्र रहेको छ । प्रकृतिको आफ्नै नियम र चक्र अनुसार यिनीहरु आफ्नो अस्तित्वमा रहेको हुन्छ भनिन्छ ।

यसै सन्दर्भमा एक जना अमेरिकन प्राणीशास्त्री जिम फालरले भनेका छन् कि पृथ्वीमा बसोबास गर्ने मानव जाती पारिस्थितिक प्रणालीको एउटा अंश भएको हुनाले प्रकृतिको नियम अनुसार प्रकृतिको चक्रीय प्रणालीलाई हानी नोक्सानी नपु¥याई आदर गर्दै बाँच्नु एउटा चुनौतीपूर्ण कार्य हो ।

यसै सन्दर्भमा ६.५ करोड वर्षतिर पृथ्वीमा सबैभन्दा ठूलोे प्राणी डाइनोसर भन्ने जीव देखा प¥यो जसको शरीर अजङ्गको हुन्थ्यो र उसलाई धेरै आहाराको आवश्यकता पर्दथ्यो तर वातावरणसँग समायोजित हुन नसक्दा संसारबाट लोप भएर गयो भन्ने भनाइ छ (बाइलोजिकल रिभ्यू, २०१४)।

होमो सेपिएन्स र हामी

मानव जातिको प्रसङ्गमा कुरा गर्दा आजको मानव जातिको विकास बाँदर, ओराङ्ओटान, गोरिल्ला र चिम्पान्जी हुदै आजको सर्वश्रेष्ठ मानव जातिको विकास भएको सन्दर्भ मानवशास्त्रमा उल्लेख भएको पाइन्छ ।

यद्यपी अहिलेको मानव जातिको विकासक्रममा अफ्रिका, एसिया, यूरोपका महादेशहरुमा बिभिन्न चरणमा देखापरेका मानव जातिलाई मानवशास्त्रीहरुले होमो रुडोल्फेन्सिस, होमो इरेक्टस, होमो नियन्दरथलेन्सिस र होमो सेपिएन्स भनी नमाकरण गरेको पाइन्छ । यद्यपी यी सबै मानव जातिहरुमध्ये होमो सेपिएन्स नै आजको मानव जातिका पुर्खा थिए भनिन्छ (हरारी यूवल,२०१४) ।

विकासको परिणाम

यी होमोे सेपिएन्सले आफुलाई सर्वाधिक रुपले बुद्धिमानी, चलाख र सबैमाथि नियन्त्रण गर्नसक्ने क्षमता निर्माण गर्न सकेको हुनाले आज यस पृथ्वी माथि एकछत्र आधिपत्य कायम गरिरहेको अवस्था छ ।

के त्यति बेला ती मानव जातिका पुर्खाले यसरी मानव जातिले विकासको चरम उत्कर्षमा पुगिएला चन्द्रमामा उत्रिन सकिएला र मङ्गल ग्रहतिर बस्ति बसाउने सोच पनि ल्याइएला भनी कल्पना गरेका थिए होला ?

तथापी नियतीले मानव जातिलाई विकासको मोडमा यहाँसम्म पु¥यायोकि प्रकृतिमा भएका सारा जीवजन्तु, वनस्पति र समग्र वातावरणको दोहन गर्न सक्ने ताकत यस मानव जातिले निर्माण गर्न सक्यो । यही मानव जातिले विश्वमा एक पछि अर्को चमत्कारी कार्य गर्दै आइरहेको छ र त्यसमा सफलताहरु प्नि मिल्दै गएको छ ।

तर यी सम्पूर्ण विकास र उन्नतिसँगै मानव समुदायको बिनास पनि सँगसँगै आएको चेतना भने यी मानव जातिलाई भएन भन्ने कुरा आज हाम्रो सामु घटित घटनाहरुले स्पष्ट पारेको छ ।

जसरी यी मानव जातिले जल, जमिन, जङ्गल, वायुमण्डल र सम्पूर्ण प्राणी जगतमाथि एकलौटी ढङ्गले नियन्त्रण र दोहन ग¥यो जसको नकरात्मक प्रभाव चक्रीय प्रणालीमा पर्दै गएको स्थितिलाई नजर अन्दाज गर्न मिल्दैन ।

विकासको नाममा स्थापित गरिएका उद्योग कलकारखाना र विकास कार्यले प्रकृति र पर्यावरणीय सन्तुलनलाई बिगार्दै गयो । फलस्वरुप प्राणी र वनस्पतिको बाँच्ने आधारहरु नष्ट हुदै गयो । भूक्षय, बाढी, पहिरो, अनाबृष्टि, अतिबृष्टि जस्ता प्रकोपहरु व्यापक रुपमा देखापर्दै गएको हुदा मानव जातिले समस्याहरु भोग्नु परिरहेको छ ।

संक्रमित रोगहरु

मानव जातिले गरेको विकास र क्रियाकलापहरुले गर्दा आज ठूल्ठूला रोगब्याधी र महामारीको चपेटामा पर्नु परेको अवस्था छ । यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन (२०१४) को तथ्याङ्कले प्लेग,बर्डफ्लू, एच फाइव एन् वान, एन वान नाइन फाइव, डेंगु, इबोला भाइरस, हान्ता भाइरस, इन्सेपलाइटिस र कोरोनाभाइरस जस्ता रोगहरु फैलिनुका पछाडि वातावरणीय कारण नै हो भनिएको छ ।

संसारमा जे जति सङ्क्रमित रोगहरु देखापरेको छ त्यसमा ७५% जति रोगहरु जनावरहरुबाट सरेको विश्व स्वास्थ्य संघको दावी छ । वर्तमान विश्वले भोगिरहेको नोवेल कोरोनाभाइरस पनि यसैको एउटा श्रृङ्खला हो भन्दा अत्युक्ती नहोला ।

वास्तवमा यो कोरोनाभाइरस १९६० ई. तिरै मध्यपूर्वी मूलूकहरुमा देखापरेको कुरा समेत उल्लेख भएको छ । तर ती रोगहरुले अहिले जस्तो विश्वव्यापी रुप लिएको थिएन । तर पछिल्लो अवस्थातिर देखापरेका रोगहरुले निकै आक्रामक र भयानक रुप देखाउदै आएको अनुभुत भइरहेको अवस्था छ ।

निष्कर्ष

तसर्थ मानव विकासको लागि प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्नाले पर्यावरणको बिनास भइरहेको छ । त्यसै गरी हामीले भौतिक निर्माण गर्दा प्रयोग हुने वस्तुहरुको कारण जँगली जनावरहरुको बासस्थान नष्ट भइरहेको पाइन्छ । फलस्वरुप ती जनावरहरु मानव बस्तिमा प्रवेश परी घरपालुवा जनावर र मानिसको संसर्गमा आउने गर्दछन् ।

हामीले खाने खानामा अधिक मात्रामा मासुजन्य पदार्थहरुको प्रयोग हुने गरेको पाइन्छ । मानिसको शरीर, नङ र दांतको बनोट हेर्ने हो भने मासु खाने प्रकारको बिशेषता भएको देखिन्न । मासु खाने प्राणीहरुको शारीरिक बनोट बेग्लै प्रकारको हुने र वानी व्यवहार समेत बेग्लै प्रकृतिको हुने गर्दछ ।

तर यी बिभिन्न जीवजन्तुहरुको मासु खानाले जीबजन्तुहरुबाट अनेक रोगहरु सर्ने गरेको पाइन्छ । जीबजन्तुहरुसंग प्रशस्त सरुवा रोगहरु हुने र यसले गर्दा मानिसहरुमा त्यस्ता रोगहरु सर्ने कुरा विशेषज्ञहरुले बताउने गरेका छन् । सागसब्जी फलफूल अन्नजन्य वस्तुहरुको प्रयोगबाट मानिसको स्वास्थ्यलाई बढी फाइदा पुग्ने कुरा समेत बिशेषज्ञहरुले बताउँने गरेका छन् ।