बेइजिंग ।
गत जनवरी देखि नियमित रपमा कोरोना भाइरस सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको चीनले मंगलवार पहिलो पटक कोभिड –१९ संक्रमणको कारण एकजनाको पनि ज्यान नगएको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ आयोगले संक्रमितको संख्या पनि ३२ मा सिमित रहेको जनाएको छ । सोमवार सो संख्या ३९ हेको थियो ।
चीन सरकारले ८१ हजार ७ सय ४० जना मानिसमा भाइरस संक्रमण हुँदा ३ हजार ३ सय ३१ जना भन्दा बढिको ज्यान गएको जनाएको छ । मंगलवार संक्रमित व्यक्तिहरु सबै विदेशबाट आएका हुन् ।
चीन अहिले विदेशबाट आउनेहरुबाट दोश्रो महामारी फैलिने चिन्तामा रहेको छ । यसअघि नै चीनले विदेशीहरुका लागि आफ्न सिमा बन्द गरिसकेको छ । चीनले भिसा वा आवासिग अनुमति पत्र भएकाहरुलाई समेत रोकेको छ ।
अन्तर्राष्ट्रिय उडानमा पनि व्यापक कटौति गरिएको छ । चिनिया र विदेशी एयरलायन्सलाई साताको एक उडानको मात्र अनुमति दिइएको छ । ति उडानमा पनि यात्रुको संख्या ७५ प्रतिशतमै सिमित राखिनु पर्ने नियम बनाइएको छ ।
प्रतिक्रिया