फलेबास नगरपालिकामा एकबाट अर्को वडा आवतजावतमा रोक

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस९कोभिड १९० को माहामारीबाट बच्न उच्च सतर्कता अपनाउँदै पर्वतको फलेबास नगरपालिकाले एक वडाबाट अर्को वडामा आवतजावत गर्नमा पनि रोक लगाएको छ ।

फलेबास नगरपालिकाले तेस्रो चरणको लक डाउनलाई अझै कडा बनाउनका लागि नगर कार्यपालिकाको मंगलबारको कार्यपालिका बैठकले एक वडाबाट अर्को वडामा जान समेत रोक लगाएको हो ।

संक्रमणको जोखिम उच्च रहेको अबस्थामा नागरिकलाई आफ्नै घरमा बस्न र हिडडुल नगर्न आग्रह गर्दै बिरामी र अत्याबश्यक काम बाहेक एक अर्को वडामा पनि आवतजावत नगर्न रोक लगाइएको बैठकपछि नगरप्रमुख पदमपाणी शर्माले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

फलेबासले अर्को जिल्ला र पालिकाबाट आएका नागरिकलाई समेत क्वारेन्टाईनमा राख्दै आएको छ । लकडाउनलाई प्रभाबकारी बनाउन नगरपालिका भित्र रहेको देबिस्थान, कार्किनेटा, भंगारा र खानीगाउँ प्रहरी चौकीलाई प्रोत्साहन स्वरुप १ लाख ४० हजार र धुलिखेल अस्पताललाई ३० हजार रुपैया दिने निर्णय समेत गरेको छ।

फलेबासले राहत बितरणका लागि मापदण्ड र मुल्य सुची समेत पारित गरेको बिज्ञप्तीमा उल्लेख छ ।