राष्ट्र बैंकको गर्भनरमा अधिकारी नियुक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्र बैंकको गर्भरनरमा महा प्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

गभर्नर छनौट सिफारिस समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसहित बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम सिफारिश गरेको थियो ।

यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।