राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिश भएको छ ।

गभर्नर छनौट सिफारिस समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम सिफारिश गरेको हो ।

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सो समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् । यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको छ ।