कोरोना संक्रमणको केन्द्र बन्दै न्युयोर्क वरपरका इलाका

0
Shares

न्युयोर्क (एजेन्सी) । 

अमेरिकामा कोरोनो भाइरसबाट सबैभन्दा प्रभावित न्युयोर्कमा संक्रमित १ लाख नाघेको छ । न्युयोर्कमा मात्रै करिब ६ हजारको हाराहारीमा कारोनाबाट मृत्यु भइसकेको छ ।

यो सहरको वरपरका इलाका कोरोना हटस्पटमा परिणत भइरहेको छ । त्यहाँका गभर्नर एन्ड्र्यु क्युमाले नजिकको लंग आइल्यान्डमा संक्रमणको आगो फैलिरहेको जानकारी दिएका छन् । राज्यको अस्पतालमा २२ प्रतिशत विरामी लंग आइल्यान्डका छन् । न्युजर्सीमा पनि गम्भिर समस्या उत्पन्न भइरहेको छ । न्युयोर्क देशकै केन्द्रबिन्दु बनेको छ । यहाँ हरेक दिन १ हजार संक्रमित आइरहेका छन् ।

न्युजर्सीका गभर्नर मर्फीले राज्यमा कोरोना संकट रहेसम्म बाहिरबाट आउनेहरुमाथि प्रतिबन्द रहने बताएका छन् । न्युजर्सीमा शुक्रबारदेखि शनिवार सम्ममा २ सय जनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म ८ सय ४६ को ज्यान गइसकेको छ ।

यसैबीच रोड आइल्यान्डका गभर्नरले न्युयार्कमा १४ दिनको क्वारेन्टाइन घोषणा गर्ने प्रयास गरेका थिए । फ्लोरिडाका गभर्नरले पनि न्युयोर्कबाट उडान भर्ने यात्रीहरुलाई १४ दिनको क्वारेन्टाइन गरेको छ ।

यसबीच चीन सरकारले न्युयोर्क सिटीलाई १ हजार भेन्टिलेटर्स दान गरेको गभर्नर क्युमोले जानकारी दिएको छ । यो सयहोग जोय एन्ड क्लारा साई फाउन्डेसनका माध्यमबाट आएको हो, जुन ज्याक माको फाउन्डेसन हो । त्यसैगरी सर्जिकल मास्क र १० एन ९५ मास्क पनि प्राप्त गरेको उनले बताए । त्यसैगरी अमेरिकाकै ओरेगन राज्यले पनि न्युयोर्कमा १ सय ४० भेन्टिलेटर्स पठाएको छ ।