धुलिखेल अस्पतालमा ११ जनाको स्वाब परिक्षण

‘आपतकालिन ब्यवस्था कमिटी’ गठन

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे । 

कोरोना भाईरसको संक्रमणको रोकथाम, ब्यवस्थापन र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा आपतकालिन ब्यवस्था कमिटी गठन भएको छ । कमिटीले संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको उद्धार गरी सम्वन्धित स्थानमा पठाउन सहयोग गर्नेछ ।

कमिटीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ । यस अघि गठित कमाण्ड पोष्टका सदस्यहरु सुरक्षा निकायका प्रमुखहरु कमिटीमा सदस्य रहनु भएको छ ।

नेपाली सेना विष्णु दल गणका प्रमुख सेनानी सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्रका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार रहेका छन् ।

आईतबारबाट शुरु भएको कोरोना संक्रमणको परिक्षणका लागि धुलिखेल अस्पतालमा ११ जनाको स्वाव लिईएको छ । विदेशबाट फर्किएका र केहि शंकास्पद ब्यक्तिहरुको स्वाव परिक्षण गरिएको धुलिखेल अस्पतालका डा. निरन्जन भुसालले जानकारी दिनु भयो । अस्पतालले थोरै सामाग्रीका बाबजुत परिक्षण शुरु गरेको संस्थापक डा. राजेन्द्र कोजुँले जानकारी दिनुभयो ।

अस्पतालमा परिक्षणका लागि आवश्यक ब्यवस्थापन सहित आईसोलेसन वार्ड तयारी गरी विरामीहरुको उपचार भईरहेको डा. कोँजुले बताउनु भयो । ‘टेकु र धुलिखेल अस्पतालमा रियलटाईम पिसिआर परिक्षण हुनेछ’–डा.भुषालले भन्नुभयो–‘परिक्षणको चार घण्टामा रिर्पाट सार्वजनिक गर्न सकिन्छ ।’ यो उच्चस्तरको जाँच हो ।

अस्पतालले सिमीत साधन रु श्रोतका बाबजुत पहिलो दिन ११ जनाको परिक्षण पछि बुधबार मात्रै परिक्षण गर्ने जानकारी गराएको छ । विहान १२ बजे अगावै आईसकेका ब्यक्तिहरुको मात्रै परिक्षण गरिने डा.भुषालले जानकारी दिनु भयो । यस अघि अस्पतालले ७ जना शंकास्पद ब्यक्तिहरुको स्वाव टेकु पठाएको थियो । सबै ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो ।