पूर्वप्रधानमन्त्रीहरुसँग सभापति देउवाको टेलिफोन संवाद

0
Shares

न्युज अफ नेपाल,काठमाडौंं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गर्नुभएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ जना पुगेसँगै सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद गर्नुभएको हो ।

देउवाले आइतबार देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेर भावी रणनीको बारेमा कुराकानी गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

टेलिफोन संवादमा कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे कुराकानी भएको भएको बताउदै भानु देउवाले यस विषयमा केही दिनमै बैठक बसेर विस्तृतमा छलफल गर्ने सहमति भएको बताउनुभयो ।

कांग्रेस सभापति देउवाले नेकपा अध्यक्षसमेत रहेका प्रचण्डसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताउनुभएको थियो । भानु देउवाका अनुसार टेलिफोन संवादमा सभापति देउवाले नेकपाका अध्यक्ष प्रचण्डसँग सरकारले गर्ने त्यस काममा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।