कोही नछुटुन भन्दै ललितपुर महानगरका जनप्रतिनिधि माइकिङ गर्दै

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

दैनिक ज्यालादारी, विपन्न असहाय व्यक्ति तथा परिवारलाई दिइने राहतमा कोही पनि नछुटुन भन्दै ललितपुर महानगरपालिकाका जनप्रतिनिधिले शुक्रवार माइकिङ गरेका छन् ।
वडाका जनप्रतिनिधिले दैनिक ज्यालादारी गर्ने वडावासी लाई राहतका लागि निवेदन दिन आव्हान गर्दै माइकिङ गरेका हुन् । साथै प्रत्येक वडाले माइकिङ गर्नु अघि नै सूचना पनि जारी गरेको छ ।

अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको हो । यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपाल सरकारले गरेको लडडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् । जसले गर्दा दैनिक ज्याला मजदुरी गर्नेहरु बिहान बेलुकाको छाक जुटाउन समेत सकिरहेका छैनन् । त्यस्ता वर्गलाई लक्षित गदै सरकारले राहत वितरण गर्न लागेको हो । राहत वितरण गर्नका लागि सबै स्थानीय तहले निवदेन आव्हान गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नं २७ का अध्यक्ष बाबुराज महर्जनले वडाले निवदेनका लागि सूचना जारी गरेको बताउँदै भने, ‘ यो अत्यावश्यक विषय हो, सूचनामा सबैको पहुँच नपुग्ला कि भनेर माइकिङ पनि ग¥यौं ।’ उनले वडामा राहतका लागि निवेदन दिने म्याद शनिवार पाँच बजेसम्म भएकाले संख्या थपिन सक्ने बताए । वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले राहतका लागि निवेदन दिन देखि घरबाट बाहिर ननिस्कन आव्हान गर्दै वडाले माइकिङ गरेको बताए ।

उनले भने, ‘सबैले बुझ्न सक्ने भएकाले यो प्रभावकारी लाग्यो, त्यसैले माइकिङ गरेका हौं । ’ माइकिङ प्रभावकारी हुने भएकाले यसको प्रयोगलाई महत्व दिएका उनले बताए ।
ललितपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जनले अर्थमन्त्रालयको राहत फारम अनुसार पुन: निवदेने लिएको बताए ।

दैनिक ज्यालादारी गर्नेको जीवनयायन लडडाउनका कारण कष्टप्रद हँदा दिन लागिएको राहतमा केही छुट्न हुदैन भन्दै माइकिङ गरेर यसलाई प्रभावकारी बनाएको स्पष्ट पारे ।
वडा नं २७ कासदस्य हिराकाजी महर्जनले टोल टोलमा पुगेर माइकिङ गरेको बताए । उनले भने, ‘ अहिलेको अवस्थामा मजदुरी गर्ने कोही पनि भोकै पर्नु हुदैन, त्यसैले जोखिम मोलेर भएपछि माइकिङ गरेका हौं ।’ टोल टोलमा पुगेका उनलाई माइकिङ निकै प्रभावकारी लाग्यो ।