लकडाउनमा देखिएको काठमाडौँ (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेपछि सरकारले देशभर लकडाउन गरेको छ ।

चैत ११ देखि १८ गतेसम्मका लागि गरिएको लकडाउन लम्ब्याएर चैत २८ गतेसम्म पुर्‍याइएको छ । हालसम्म नेपालमा ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर लकडाउन भएपछि सधैँ अस्तव्यस्त रहने काठमाडौँका सडक सुनसान देखिएका छन् । सयौँको संख्मा मानिस हिड्ने सडकपेटी र गल्लि खाली भएका छन् ।

पशुपति आर्यघाटमा कार्यरत शवदाह गर्ने कर्मचारीहरु भने मास्क र एपरोन लगाएर सदाझै आफ्नो काममा व्यस्त देखिन्छन् । उनीहरुका लागि आवश्यक पिपिइसहित अन्य सामाग्रीको बेवस्था भइरहेको पशुपती क्षेत्र विकास कोषले जनाएको छ ।

तस्वीर : उजोल डंगोल