‘पोखरामा कोरोना संक्रमणको कुनैपनि पोजेटिभ केस छैन’ : स्वास्थ्य मन्त्रालय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पोखरामा कोरोना संकमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म भएको जाँचमा पोखरामा कोरोना संक्रमणको पुष्टि नभएको बताएका छन् । हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।