कोरोना भाइरस रोकथामका लागि खिजीदेम्बा गाउँपालिकाले चाल्यो यस्ता कदम

94
Shares

लिला सुनुवार, ओखलढुंगा ।

हाल विश्वमा आतङ्क फैलाई रहेको नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलन नदिनका लागी खिजीदेम्बा गाउँपालिका अध्यक्ष बेद बहादुर रोकाको भुमिका प्रशंसनिय रहेको छ । सुजबुझका साथ निर्णय गर्न सक्ने पहिचान बनाएका अध्यक्ष रोका  नागरिकका घरदैलो सहित गाउँपालिकाले स्थापना गरेका साहायता कक्षा र क्वारेन्टाईन निरिक्षणका लागी दैनिक रुपमा पुग्ने गरेका छन । निरिक्षणका क्रममा अध्यक्ष रोकाले त्याहाका स्थानिय नागरिकहरुको अवस्थाका बारेमा जानकारी लिने र सम्बन्धि निकायका अधिकारीलाई आवश्यक निर्देशन दिने गरेका छन । खिजीदेम्बाले कोरोना नियन्त्रणमा गरेका प्रयासहरु :

चेतना मुलक सन्देशः

नागरिको चेतना विस्तार नै कोरोना नियन्त्रणको मुख्य उपाय हो भन्ने भावनालाई आत्मसाथ गर्दै खिजीदेम्बा गापाले प्रचारप्रशारलाई पहिलो प्राथमिकतामा राखेर ब्यापक रुपमा प्रसारप्रचारको अभियान चलायो । प्रचारप्रशारको क्रममा कोरोना लाग्न नदिनका लागी अपनाउनु पर्ने सावधानि रेकर्ड गरिएको अडियो सामाग्री प्रत्येक वडाको टोलटोलमा बजाई आम नागरिकहरुलाई जानकारी दिने काम गरिएको गाउँपालिकाले जनाएको छ । यसै गरि प्रचारप्रसारकै क्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रलयबाट जारी गरिएको शन्देस मुलक पोस्टर र हाते पुस्तिका गाउँपालिकाले सिआरएस नेपाल र अन्य संघ सस्थाको सहकार्यमा छपाई टोलटोलमा बितरण समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रबेश गर्ने नाकालिम्ति सहित एघार ठाउमा साहायता कक्षाको स्थापनाः

खिजीदेम्बा गाउँपालिका प्रबेश गर्ने मुख्यनाका लिम्ती सहित११ ठाउमा साहायता कक्षाको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । साहायता कक्षमा बाहिरबाट आएका ब्यत्तिहरुको स्वास्थ्य परिक्षण गरेरमा मात्रै गाउँपालिका प्रबेश गराईने र टोलटोलमा रहेका ब्यत्तिहरुमा रुघाखोकी र कोरोना भाईरस संग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा क्वारेन्टाईनमा पु¥याउने ब्यवस्था रहेको खिजीदेम्बा गाउँपालिका स्वास्थ्य प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए । ५८ शैयाको क्वारेन्टाईन तयारःखिजीदेम्बा गाउँपालिकाले गाउँपालिका भरि ५८ शैयाको क्वारेन्टाईन निर्माण गरेको छ ।

प्रत्येक वडामा सुचना केन्द्र:

कोरोना भाईरसको बारेमा बिभिन्न खाले सुचना आदनप्रदानका लागी गाउँपालिकाले प्रत्येक वडामा सुचना केन्द्धको स्थापना गरेको छ । गाउँपालिकामा अन्यत्रबाट कति मानिस प्रबेश गरेका छन र उनिहरुको अवस्था कस्तो रहेको छ भन्ने कुराको जानकारी प्रत्येक सुचना केन्द्धबाट लिई आवश्यत्ताअनुसारको पहलकदम चालिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

पीपीईका सामाग्री उपलब्धः

बिभिन्न ठाउमा पीपीईका सामाग्री अभाब रहेको बेलामा खिजीदेम्बा गाउँपालिकाले हरेक स्वास्थ्य कार्यलय, क्वारेन्टाईन र साहायता कक्षामा रहेर कामगर्ने स्वास्थ्य कर्मचारीहरुका लागी पीपीईका सामाग्री बितरण गरेको छ ।

वडाध्यक्षलगाएत जनप्रतिनिधिहरुको गतिलो साथः

गाउँपालिका अध्यक्षको मिसन पुरा गर्नका लागी वडाका वडाअध्यक्षहरु तल्लिनका साथ लागेका छन । सबै वडाध्यक्षहरु गाउँपालिकाको निर्देशनको पालना गरि आफु टोलटोलमा खट्छन र आफ्नो माताहतका कर्मचारी र सदस्यहरुलाई पनि खटाउछन ।

स्वास्थ्य प्रमुखको अटुट साथः

गाउँपालिका अध्यक्षको कोरोना नियन्त्रणका हरेक कृयाकलापका सारथि बनेका छन गाउँपालिका स्वास्थ्य प्रमुख ईन्द्ध प्रसाद गौतम । कुनै जानकारी आउन साथ अध्यक्षलगाएत वडा अध्यक्षहरुलाई जानकारी गराउद छन र आफ्नो माताहतका निकाएलाई सधै तमतयारका साथ तैनाथ राख्छन र कुनै टोल वा वडा बाट कुनै जानकारी आउनसाथ खटिन्छन त्यो ठाउको अबस्थाको बारेमा थप जानकारी लिन ।