ह्याकिङ प्रकरणमा मुछिएका अलीलाई पदमुक्त गर्न दबाव

0
Shares

न्युज अफ नेपाल, मोरङ ।

समाचार वेबसाइट ह्याकिङ प्रकरणमा मुछिएका प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीलाई पदमुक्त गर्न माग गरिएको छ ।

कांग्रेस नेता शेखर कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै अलीलाई तत्काल वर्खास्त गनका साथै कानूनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

‘संसारमै नहुने यस्तो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो,’ जारी विज्ञप्तिमा भनिएको छ । विश्वका कुनै पनि राष्ट्रले पे्रस सोतन्त्रतामा हस्तक्षेप गर्न नपाउने उल्लेख गर्दै काइरालाले भनेका छन् -, ‘संसारमा कही र कतै पनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्।’

अली समूहको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौं प्रेस’ को साइट ह्याक गरी समाचार हटाएको थियो ।