राहतको फारम वितरणमै तनाव (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका – १७ वडामा राहत वितरण गर्ने कार्य तनावग्रस्त रह्यो ।

वडाले घरधनी मार्फत आफूहरुलाई राहत फाराम वितरण गरेकोमा असहमति प्रकट गर्दै घरबहालमा बस्ने मानिसहरुले व्यक्तिगत रुपमा फारम वितरण गर्नुपर्ने माग राखेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।

राहत फाराम वितरण गर्न तरखर गरिहँदा शुरुमै अस्थायी बसोबास गर्ने मानिसहरु भीड बढ्दै गएको थियो । त्यसपछि वडाअध्यक्ष विनोद महर्जनले अनुहार हेरर मात्र यही वडामा बस्ने र अन्य वडामा बस्ने भनेर छुटयाउन नसकिने भन्दै घरधनी मार्फत राहत फारम वितरण गर्ने बताउनुभएको थियो ।

त्यसपछि वडामा जम्मा भएका घरबहालमा बस्ने मानिसहरुले आफूहरुलाई व्यक्तिगत रुपमा फारम वितरण गर्नुपर्ने माग राखेका थिए । यही क्रममा वडा कार्यालयसंगै स्थानीय र घरबहालमा बस्नेहरुबीच केही बेर भनाभन भएको थियो । त्यसक्रममा वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘को यही वडामा बस्ने, को अन्य वडामा बस्ने भनेर छुटयाउन गा¥हो भयो, आफ्नो घरमा भाडामा बस्ने सबैलाई घरधनीले चिनिहाल्छ ।

त्यसैले घरधनी मार्फत फाराम तपाईहरुले लिनुहोला ।’ केही बेरको भनाभनपछि पछि वातावरण साम्य भएको थियो
घरधनी मार्फत कोठा भाडा लिएर बस्ने सबैलाई फारम वितरण गरिएको वडाअध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले राहत फारामको नमूनाल पठाएकोले ललितपुर महानगरपालिकाले सोही अनुरुपको राहत फारम वितरण गरेको थियो ।

यस अघि राहतको लागि निवेदन दिएका परिवारले पनि अब पुनः राहत फाराम भर्न महानगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।
ज्यालादारी काम गर्ने, विपन्न र अतिविपन्न परिवारलाई राहत दिने सरकारले भनेको छ ।

भिडियो : उजोल डंगोल