पोखरामा भेटिए सातौ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमित सातौं ब्यक्ति फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।