न्युयोर्क (एजेन्सी)
विश्वमा कोविड १९ भाइरस संक्रमित संख्या १० लाख नाघेको छ । यस भाइरस संक्रमणको सबैभन्दा भयानक संकट चीन हुँदै युरोप र अमेरिकाले झेलिरहेको छ ।
बुधबार एक दिनमा अमेरिकामा अहिले सम्मकै सबैभन्दा धेरै १ हजार ४७ को मृत्यु भएको छ ।यसअघि इटालीमा एक दिनमा सबैभन्दा बढी ९ सय ७० जनाको मृत्यु भएको हो ।
अहिलेसम्म अमेरिकामा कोराना संक्रमित हुने २ लाख १७ हजार ६ सय ६१ पुगेको छ भने विश्वमा यस संक्रमणबाट मर्ने ५३ हजार १ सय ६७ पुगेको छ ।
अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले नागरिकलाई आश्वासन दिने प्रयास गरेका छन्, देश यो लडाई पुर्ण शक्ती लगाएर लडिरहेको छ । सामाजिक दुरी पालना गरिरहेको छ, चिकित्सकिय सहायता दिइरहेको छ, मजदुरहरुलाई आर्थिक मद्दत दिइरहेको छ । यस स्थितिमा देशहरुबीचको यात्रामा प्रतिबन्द लगाइएको छ ।
जहा हाम्रा नागरिकको स्वास्थ्यमा खतरा हुन्छ , त्यहाँ अझ गम्भिरतासँग नयाँ तरिका खोजी भइरहेको छ ।
अहिलेसम्म अमेरिकामा मर्नेको संख्या ५ हजार नाघिसकेको छ ।
संक्रमणको सबैभन्दा विकराल संमस्यामा परेको न्युयोर्क सहरमा मात्रै अहिले सम्म २ हजार ३ सय ७३ को मृत्यु भइसकेको छ । अमेरिकामा कारोनाको गढ बनिसकेको न्युयोर्कमा ९२ हजार ३ यि ८१ कोविड पोजिटिव छन् ।
आगामी समयमा यो त्रासदीले विकराल रुप धारण गर्ने विज्ञहरुको भनाइलाई उदृत गर्दै डेलीमेल अखबारले आशंका ब्यक्त गरेको छ । ट्र्म्पका एक सल्लाहकारले कम्तीमा २ लाख देखि २ लाख ४० हजार मर्न सक्ने आशंका ब्यक्त गरेका थिए ।
विज्ञहरुले न्युयोर्कपछि अर्को केन्द्र डेट्रेइट हुने बताएका छन् । त्यसैगरी मिसिगनमा पहिले मर्नेको संख्यामा दुईगुणा बृद्धी भइसकेको छ ।
एसियामा चीनपछि सबैभन्दा प्रभावित इरानमा मर्नेको संख्या ३ हजार १ सय ६० पुगेको छ भने यहाँ ५० हजार ५ सयको हाराहारीमा संक्रमित छन् ।
त्यसैगरी युरोपमा सबैभन्दा प्रभावित इटालीमा संक्रमणबाट मर्नेको संख्या १० हजार ३ सय४८ पुगेको छ भने यहा संक्रमित १ लाख १२ हजार नाघेको छ ।











प्रतिक्रिया