भेन्टिलेटर युवा विरामीका लागि राख्न आग्रह गर्ने ९० बर्षीया महिलाको निधन

0
Shares

ब्रसेल्स (एजेन्सी)

आफनो उपचारमा प्रयोग हुन लागेको भेन्टिलेटर युवाका लागि राख्न आग्रह गर्ने एक ९० वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
समाचार अनुसार ती महिलाले डाक्टरलाई भनेकी थिइन्– ‘मैले राम्रो जिन्दगी विताइसकेँ । भेन्टिलेटर्स युवा विरामीका लागि राख्नु ।’

 

९० बर्षीय सुजान होयलर्टसलाई स्वास प्रस्वासमा समस्या आएपछि बेल्जियमको एक अस्पतालमा भर्ना गरिएको थियो । तर भेन्टिलेटर्स लिन अस्विकार गरेपछि कोविड १९ बाट उनको दुई दिन पछि नै मृत्यु भयो । विश्वभरी कोरोनाको कहरमा आएको यो समाचार अत्यन्तै ह्र्दय विदारक छ ।

 

बढ्रदो विरामीको संख्याका कारण अस्पताल अत्यावश्यक चिकित्सकिय सामानको अभावबाट गुज्रिरहेको छ , जसमा भेन्टिलेटर पनि हो ।

 

यसबिच न्युयोर्कका चिकित्सकहरु पनि उपचारको प्राथमिकतामा विरामीको चयन गर्नु पर्ने स्थितिका लागि तयार भइरहेको समाचार बाहिर आएकोछ । आधुनिक विश्वमा सम्भवत सबैभन्दा मानव निरिह बनेको स्थिति यो नै हो ।

 

लबेक नजिकको बिनकोमकी निवासी सुजान होलर्टसलाई भोक नलाग्ने र स्वास लिन अप्ठ्यारो भएपछि मार्च २० मा पहिलो पटक अस्पताल भर्ना गरिएको थियो । जाँच पछि कोरोना भाइरसको संक्रमित पाइयो । त्यसपछि उनलार्य आइसोलेसमा राखियो , त्यहाँ उनको स्वास्थ्य स्थिति झन बिग्रियो । तर हजुर आमाले भनिन् , म आर्टिफिसियल रेस्पिरेसनको प्रयोग गर्न चाहन्न । त्यसलाई युवा विरामीका लागि जोगाइराख्नु । मैले धेरै राम्रो जिन्दगी विताइसकेको छु ।

 

अस्पतालमा भर्ना गरिएको दुई दिनपछि नै उनको निधन पनि भयो । उनकी छोरी जुडिथले एक डच अखबारलाई बताइन् ( मैले उनलाई अन्तिम विदा पनि भन्न सकिन , मैले उनको अन्तिम संस्कारमा पनि सहभागी बन्ने मौका पाइन ।

 

आमाले आफुलाई सेल्फ आइसोलेसनमा राखिएको भएपनि कसरी उनी भाइरसको सम्पर्कमा आइन भन्ने कुरा आफुले नबुझेको जुथिडले बताइन् ।
बेल्जियममा अहिले सम्म ७ सय ५जनाको मृत्यु भइसकेको छ । देशमा कोरोना भाइरस संक्रमित संख्या १२ हजार ७ सय ७५ पुगिसेको छ । युरोपमा कोरोना भाइरसबाट मृत्यु हुने युवा विरामी १२ बर्षिया बच्चा हुन् ।