सीमा क्षेत्रमा रोकिएका नेपाली भारत सरकारको क्वारेन्टाइनमा

0
Shares

विमल विष्ट, डोटी ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देशमा लकडाउनको समय बढाएपछि छिमेकी देश भारतका बिभिन शहरबाट काम गरेर स्वदेश फर्किने सयौँ सुदूरपश्चिमेलीहरु केही दिन यतादेखि नेपाल–भारत सिमा क्षेत्रमा रोकिएका छन् ।

सिमा क्षेत्रमा रोकिएका नेपालीहरुलाइ खाने बस्ने समस्या भएपछि भारत सरकारले अहिले उनीहरुलाइ खाने बस्ने व्यवस्था मिलाएको सिमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । नेपाल र भारतबीच दुबै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएअनुसार उनीहरुलाइ भारतका बिभिन्न ठाउँमा क्वारेन्टाइन स्थापना गरी खना खुवाउन थालिएको छ । त्यसैगरी उनीहरुको स्वास्थ्य परीक्षण समेत क्वारेन्टाइनमा गरिन लागिएको छ ।

भारतमा काम गरी स्वदेश फर्किएका हजारौँ नेपालीलाइ लकडाउन भएसंगै भारतको क्वारेन्टाइनमा फर्काइएका छन् । घर फर्किने प्रतीक्षामा रहेका उनीहरुलाई नेपाल र भारतबीचको सहमति अनुसार अहिले जुन देशमा छन्, त्यही देशको क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गरिएको हो । नेपाल तर्फ कैलालीको धनगढीमा क्वारेन्टाइन स्थापनागरी भारतिय नागरिकका लागि खाने बस्ने व्यवस्थापन मिलाइएको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिब सिवसिंह वलीले जानकारी दिनुभयो । यसरी सिमा क्षेत्रमा रोकिने नेपालीहरुमा सबै भन्दा बढी दार्चुला जिल्लाको सिमा क्षेत्रबाट आउने नेपालीहरु रहेका छन् । भारत सरकारले धार्चुला क्षेत्रको ४ ठाउँमा र जोलीजिबी क्षेत्रको एक ठाउँमा गरी पाँच ठाउँमा क्वारेन्टाइन स्थापना गरेर ५६३ जना भन्दाब बढी नेपालीलाइ खाने बस्ने व्यवस्था मिलाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुथान पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरुका लागि भारत सरकारले उत्तर प्रदेशको बनबासा शहरमा क्वारेन्टाइन स्थापना गरी ११५ जना नेपाली लाइ खाने बस्ने व्यवस्था मिलाएको छ । डडेल्धुराको जोगबुढा क्षेत्रबाट भित्रिएका आलितालका ८ जना सहित अन्य जिल्लाका १५ नेपालीहरुका लागि भारतको पूर्णगिरी क्षेत्रमा क्वारेन्टाइन स्थापना गरी खानेबस्ने व्यवस्था मिलाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । उता कैलालीको त्रिनगर भन्सार क्षेत्रबाट नेपाल प्रबेस गर्ने कम्तीमा पनि ४३ जना नेपालीहरुका लागि भारत सरकारले पलियामा क्वारेन्टाइन स्थापना गरी खाने बस्ने व्यवस्था मिलाएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतमा रहेका नेपाली लाइ भारत सरकारले खाने बस्ने व्यवस्था मिलाएको छ, नेपालमा रोकिएका ४२ जना भारतिय नागरिकलाइ हामीले त्रिनगर माबिमा खाने बस्ने व्यवस्था मिलाएका छौँ ।”

त्यस्तै भारतबाट काम गरेर आउदै गरेका बैतडीको सिमामा रोकिएका २१० जनालाइ भारत सरकारले खाने बस्ने व्यवस्था मिलाएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको राष्ट्रिय प्राबी ज्यामिर पानीमा ८८, नजिकैकोखाली घरमा २५, पञ्चायत घरमा ४० र तालेश्वरमा ५७ जनाका लागि क्वारेन्टाइन स्थापना गरी खाने बस्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइनमा भारत सरकारले खाने बस्ने व्यवस्था मिलाएपनि सिमाक्षेत्रमा रोकिएका नेपालीहरुले आफुहरुले नेपाल जान पाउनु पर्ने माग गर्दै आएका छन् । कैलाली जिल्ला बाहेक अन्य जिल्लाबाट भारत जाने कोही पनि भारतिय नागरिक नरहेको बताइएको छ ।