भेन्टिलेटरको विकल्पमा बनाए नयाँ उपकरण


लन्डन (एजेन्सी)

कोरोना भाइरसका कारण विरामीको उपचारमा विश्वभरीका प्रमुख देश भेन्टिलेटर अभावबाट उत्पन्न समस्याले आक्रान्त बनेका छन् । न्युयोर्कमा एक भेन्टिलेटरमा ४ जनाको जीवन अड्केको छ । इटाली र बेलायतका डाक्टर गम्भिर विरामी तथा बृद्धहरुलाई भेन्टिलेटर उपचारबाट हटाइरहेका छन्, ताकी युवाहरुलाई बचाउन सकुन् ।

 

यसबीच विश्वको चर्चित गाडी कम्पनी मर्सडिजको फर्मुला १ का इन्जिनियरको टोलीले लन्डन युनिभर्सिटीसँग मिलेर मात्र ४ दिनमा कृतिम स्वास प्रस्वासका लागि ब्रिडिंग मेसिन बनाएको छ । यसको मद्दतले कोरोना भाइरसका विरामीलाई इन्टेसिव केयर युनिट (आईसीयु) मा भर्ना गर्न आवश्यक पर्ने छैन । यो उपकरणलाई कन्टिन्युअस पोजिटिव एयरवे प्रेसर (सीपीएपी) नाम दिइएको छ ।

 

उत्तरी लन्डनका अस्पतालहरुमा यसता १ सय उपकरण क्लिनिकल परीक्षणका लागि प्रयोग गरिएका छन् । विशेषज्ञहरुले यसै हप्ताको अन्त सम्ममा लन्डन युनिभर्सिटीको अस्पतालमा यो यन्त्रको क्लिनिकल परीक्षण पुरा हुने अनुमान गरेका छन् ।

 

मर्सडिज टोलीका अनुसार यस प्रकारको यन्त्र एक दिनमा ३ सय संख्यामा बनाउन सकिनेछ । यदि फर्मुला (१ का अन्य टोली साथमा आउने हो भने यसतो १ हजार यन्त्र बनाउन सकिनेछ ।

 

यो यन्त्रको मद्दतबाट स्वास लिँदा तिब्र गतिमा गुडिरहेको गाडीको शिशा खोलेर झ्यालबाट बाहिर मुख निकालेर स्वास फेरेको जस्तो महसुस हुने इन्स्टिच्युट अफ फिजिक्स एन्ड इन्जिनियरिंग इन मेडिसिनका स्टिफेन ओकनरले बताए । यसको प्रयोगबाट विरामीलाई बेहोस गर्न पनि आवश्यक नहुने र जाँदै नै अस्पतालबाट डिस्चार्ज भइ घर जान सक्ने उनले बताए ।

 

यो यन्त्रले विरामीको मास्कका माध्यमबार उनको फोक्सोसम्म अक्सिजन पुर्याउने काम गर्छ । यो इन्टेशिव भेन्टिलेसन दिन नसकिने धरै नै कमजार विरामीका लागि अत्यन्त लाभकारी हुनेछ । यो प्रवधि सबैभन्दा पहिला इटालीमा प्रयाग गर्ने भएको छ, जहाँ वेन्टिलेटरको अत्यन्त कमी छ ।