न्युज अफ नेपाल, पर्वत ।
मोदी खोलामा रातको समयमा माछा मार्न गएका एक युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यानका ३६ बर्षिय दिपक खड्का आइतबार राती माछा मार्ने क्रममा मोदीखोलाले बगाएको हो ।
पर्वतको मोदी गाउँपालिका–२ सिमखेत स्थित मोदी खोलामा माछा मार्ने क्रममा राती साढे १० बजे खड्कालाई अचानक खोलाले बगाई लगेको प्रहरीले जनाएको छ ।
खोलामा ५० मिटर तल पानीमा खड्काले लगाएको कपडा समेत भेटिएको । प्रहरीले खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।











प्रतिक्रिया