रसुवागढी नाका संचालनमा ल्याउने सरकारको निर्णयपछि स्थानीय आक्रोशित

0
Shares

न्युज अफ नेपाल, रसुवा ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (काभिड-१९) संकमणको जोखिम बढीरहेको बेला नेपाल सरकारको रसुवागढि सन्चालन गर्ने निर्णय प्रति टिमुरेवासि आक्रोसीत बनेका छन् ।

गोसाईकुन्ड गाउँपालिका २ का वडा अध्यक्ष दावा डिण्डुप तामाङले सरकारले अन्तराष्ट्रिय नाका सन्चालनमा ल्याउने निर्णय गरि जनताको शान्तिसँग बाच्न पाउने अधिकारको हनन गरेको बताएका छन् । यसले आम जनतामा मानसिक तनाव तथा आक्रोस पैदा गर्ने तामाङले बताए । जनतामा असर पर्ने हुँदा राज्यले कोरोना भाइरस रोकथाम गर्ने तिर भन्दा पनि संक्रमण फैलाउन तीर लागेको उनले बताए ।

यस्तै, कोरोनाको माहामारि नियन्त्रण नहुदासम्म रसुवागढि नाका बन्द गर्न भन्दै वडा कार्यालयले विज्ञप्ति समेत जारी गरेको छ ।