राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना संक्रमण (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।

लकडाउनका अबधी लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामाग्री भण्डारण गर्ने भएको हो ।उक्तभवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकामा वितरण गर्नेगरि खाद्य भण्डारण गर्ने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई सहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरि खाद्य भण्डारका लागि छनौट गरेको हो ।

भवन छनौट पश्चात दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगबिहिन १७ तले भवन हालको संकटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरि सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृत दिनुभएको हो । ततपश्चात जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई उक्त भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ ।

भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको बीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अबस्थामा राखेको बीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसका लागि नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछयाउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अबस्थामा राखिएको छ ।