झगडा छुट्याउन तीन राउन्ड हवाई फायर

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३, पदमपोखरीमा शनिबार राति गोली चलेको छ । दुई वटा टोलको युवाबीच मदिराको तालमा भएको विवादका कारण हात हालाहालको अबस्था आएपछि प्रहरीले त्यसलाई छुट्याउन तीन राउन्ड हवाइफायर गरेको हो ।

मध्यरात झगडाले उग्ररुप लिएपछि त्यसलाई साम्य पार्न प्रहरीले हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । झगडामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

प्रहरीले एक राउन्ड गोली फायर भएपछि झगडा गर्ने मिलनचोकको समूहका युवाहरु फरार भएका र खोजतलास गर्ने क्रममा मिलनचोक बस्ने वर्ष २० का रोशन बललाई नियन्त्रणमा लिन खोज्दा प्रहरीतर्फ ढुंगामुढा प्रहार गरेकोले नियन्त्रणमा लिन थप २ राउन्ड हवाइफायर गरी नियन्त्रणमा लिइएको थियो