लकडाउन अझै दुई हप्ता लम्ब्याउने उच्चस्तरीय समितिको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले थप केही दिनका लागि लकडान गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको बैठकलेले अझैँ एक देखि दुई साताको लागि लकडाउन थप्ने निर्णय गर्दै सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । यस्तै, आज ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । उक्त बैठकमा लकडाउन थप्ने वा नथप्ने भन्ने बारे मन्त्रिपरिषद्ले निर्णय गर्ने छ ।

यसअघि सरकारले कोरोना भाइरसको महामारी फैलिन संकेत देखिएसँगै चैत ११ देखि १८ गतेसम्मका लागि सिंगो नेपाल लकडाउन गरेको छ । हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिएपछि थप केही साताका लागि लकडाउन थप्ने योजनामा सरकार रहेको देखिन्छ ।