आगलागीबाट पाँच लाख बराबरको क्षति

0
Shares

न्युज अफ नेपाल, पाल्पा।

कोरोना भाइरसको त्रास झेलि रहेका पूर्वी पाल्पाको एउटा गाउ पालिकामा शनिवार भएको आगलागीबाट ५ लाख रुपैया बराबरको क्षति भएको छ ।

पूर्वखोला गाउँपालिका वडा नं ६, हेक्लाङ पनेर्दीका मन वहादुर घर्तीको घरमा आगोलागी भएको हो । शनिबार विहान बस्तुभाउलाइ कुँडो पकाउने क्रममा नजिकै रहेको दाउरा सल्किएर घरमा आगो लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

घरमा सल्किएको आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर्तीको धनसारमा रहेको खाद्य बस्तु र अन्नपात जलेर नष्ट भएको छ । नजिकै रहेका छिमेकीका कारण थप क्षति हुन नपाएको स्थानीय बासिन्दा रमेश घर्तीले जानकारी दिनुभयो । गाउँमा नजिकै अन्य घरहरू समेत जल्नबाट बचेर ठूलो दुर्घटनाबाट बचेको उहाँले बताउनुभयो ।