कोरोना नलाग्ने कोइला खोज्दै स्थानीय

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

हाल विश्वमा कोरोना आतङक फैलिरहेको बेलामा नेपालको विभिन्न भागमा घरको सुरमा भेटिएको कोईलाको टिका लगाएमा कोरोनाको संक्रमण बाट बच्न सकिन्छ भन्ने भ्रम देशै भरि फैलिरहेको अवस्थामा खिजीदेम्बा गाउँ पालिकाका नागरिक पनि यस बाट अछुतो रहेन्न ।

घरको सुरमा भेटिएको कोईलाको टिकालगाएमा कोरोनाले छुन्न रे घरको सुर खनेर कोईला खोज्न निस्केका मानिसहरुको बथान बाट एक जना महिलाले बताईन । हाल सम्म आफु हरुले कोईला खोजेको घरहरु मध्य एक घर बाहे सबै घरहरुमा कोईला भेटिएको उन्को दाबि छ ।

कोरोना नलाग्ने शक्ति भए पनि नभए पनि प्रत्येक घरको सुरमा काईला भेट्टिनु आश्चार्यजनक रहेको कोईला खाज्ने काममा ताल्लीन रहेका खिजी देम्बा ५ का एक सर्बसाधरणले बताए । यो कोईला खोज्न अहिले खिजीदेम्बाका प्राय सर्बसाधरण तल्लिनका साथ लागेका छन ।