कालीगण्डकीमा डुबेर एकको मृत्यु

0
Shares

घनश्याम बगाले, नवलपरासी। 

जिल्लाको उत्तरी क्षेत्र कालिगण्डकी करिडोरमा कार्यरत एक मजदुरको नदीमा डुवेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा उदयपुर जिल्ला बेलका ४ हरिपुरका २६ वर्षीय राजकुमार विक रहेकाछन् । विक कार्य स्थल नजिकै स्थानीय बौदिकाली २ कालिगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार बेलुका डुबेका थिए ।

नदीमा डुबेका विकलाई प्रहरी र स्थानीयले नदीबाट उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र रकुवा पुर्याए लगतै उपचारको क्रममा उनको मृत्यु भएको थियो ।