सार्वजनिक स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

0
Shares

बुद्ध नेपाली, सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिकाले सार्वजनिक स्थानमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि नगरपालिकाले शनिवार दिउसो देखि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन सुरु गरेको हो । नगरपालिकाले अहिले सम्म स्टलबजार, एक नम्बर बजार, दुई नम्बर बजार, हस्पीटल रोड लगाएतका ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किसकेको नगरपालिकाका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । अहिले धुराबजारमा छर्किन सुरु गरिएको उनले बताए ।

‘नगरका मुख्य मुख्य बजार क्षेत्रहरुमा र मानिसको धेरै भिडभाड हुने ठाउँमा यो ‘डिसइन्फेक्सन स्प्रे’ छर्किने हो । ‘डिसइन्फेक्सन स्प्रे’ ले किरा, ब्याक्टेरिया, भाईरस् मार्छ र कोरोना भाईरस्लाई फैलिन दिदैन’उहाँले भन्नुभयो । नगरप्रमुख खड्ग बहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले ‘डिसइन्फेक्सन स्प्रे’छिर्केर यो अभियान सुरु गर्नुभएको हो ।

विश्वभर कोरोना भाईरस(कोभिड–१९)माहामारीको रुपमा फैलिरहेको बेला स्थानिय सरकारको तर्फबाट माहामारी रोकथामका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । नगरपालिकाले नगरको दमकले ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएको छ । नगरपालिकाले नगरका मुख्य बजारहरु माढीबजार, धुराबजार, शान्तिनगर, ढुग्रेवास, मधुटार, भिमान लगाएका ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्कने सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।