कोरोनाको सामना गर्न पर्वतका सबै पालिका एकै ठाउँ जुटे

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतका सात वटै स्थानिय तहले कोरोना (केभिड १९) को सामाना गर्न साझा रणनिती तयार गर्न सहमत भएका छन भने संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई नै साझा आईसोलेसन बनाउने सहमति समेत गरेका छन ।

पर्वतबाट प्रतिनिधीसभामा निर्वाचित साँसद पदम गिरीको संयोजनमा शनिबार सम्पन्न बैठकले सबै पालिकाले एकिकृत संभावित जोखिमको सामान गर्ने निर्ण गरेका हुन । बैठकमा सहभागीहरुले जिल्लामा सबै ठाउँमा आइसोलेसन बनाउन संभब नभएका कारण पर्वत कोरोना अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याउने र आबश्यक खर्चको ब्यबस्थापन गर्ने सहमति गरेका छन ।

‘महामारीलाई साझा हिसाबले सामना गर्न सबै पालिकाहरु एक ठाउँमा आउने काम भएको छ।’ साँसद गिरीले भन्नुभयो ‘पालिकाहरुले आन्तरिक रुपमा गर्ने तयारीलाई आफै गर्ने र जिल्लास्तरमा साझा रणनिती अपनाएर जाने सहमतिले सबै नागरिकलाई सुरक्षित गर्न महत्वपूर्ण कदम हुनेछ।’

बैठकमा साँसद गिरी सहित जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), पैंयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, मोदी गाउँपालिककी उपाध्यक्ष सेती महत, बिहादी गाउँपालिकाकी उपाध्यक्ष डम्बरकुमराी गुरुङ्ग, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी तथा सामाजिक बिकास समितिका संयोजक शिब पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल सहित सबै सुरक्षा निकायका प्रमुख सहभागी हुनुभएको थियो । बैठकमा महाशिला गाउँपालिकाको भने सहभागिता रहेको थिएन ।

गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबार देखि औपचारिक रुपमा सञ्चालनमा आइसकेको छ भने पर्वतको बिहादी र बागलुङ्गका एक जना सहित दुई जनालाई आइसोलेसनमा राखेर परिक्षण गरिररहेको छ। उक्त अस्पताल तयार पार्दा र सञ्चालनमा लागेको खर्च सबै पालिकाले बेहोर्ने निर्णय भएको छ । हरेक हप्ता खर्चको बिबरण पर्वत अस्पतालले पेश गर्ने र सबै पालिकाहरुले उक्त खर्च संयुक्त रुपमा बेर्होने निर्णय भएको छ ।

विदेशबाट फर्केका सबै क्वारेन्टाइनमा

उक्त बैठकले सबै पालिकामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय गर्दै चैत्र १ गते पछि बिदेशबाट घर फर्केका सबै नागरिकलाई १४ दिन सम्म क्वारेन्टाईनमा नै राख्ने निर्णय गरेको छ ।

अहिले सम्म होम क्वारेन्टाईनमा राख्ने निर्णय भएपनि परिवारका सदस्यहरु समेत जोखिममा पर्ने र त्यसले संक्रमण फैलन सक्ने भएकाले परिवार संग समेत भौतिक सम्पर्कमा नराखि सिधै क्वारेन्टाईनमा जान अपिल गरेको हो । बिदेशबाट फर्केका सबै ब्यक्तिमा कोरोनाको संक्रमण नभएपनि परिक्षण गर्नका लागि त्यस्ता ब्यक्तिलाई क्वारेन्टाईन सम्म पु¥याउन वाड अध्यक्ष तथा सदस्य र टोल समिति समितिलाई सक्रिय बनाउने सहमति पनि भएको छ।

बैठकमा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बिदेशबाट फर्केका ब्यक्तिलाई परिवारको समेत सम्पर्कमा नराखि साबिक गाबिसका वाडमा रहेका बिद्यालयहरुमा राख्ने ब्यबस्था गर्दा क्वारेन्टाईन प्रभाबकारी बन्ने प्रस्ताब गर्नुभएको थियो । बिदेशबाट फर्केकाहरु क्वारेन्टाईनमा बस्न अनिच्छुक देखिएको र परिवारले समेत लुकाउने अबस्था आएका कारण पालिकाले नै बनाएको क्वारेन्टाईनमा राख्न आबश्यक भएको निष्कर्ष निस्केको थियो ।