मजदुर परिवारलाई खाद्यान्न र ग्यास सहयोग

0
Shares

मिला दरै, तनहुँ ।

व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार यहाँका दुई परिवारमा खाद्यन्न र ग्याँस सहयोग गरिएको छ । नेपाल सरकारले संसारभर फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनगर गर्दै खाद्यान्न र ग्यास अभावमा रहेको मजदुर परिवारलाई सहयोग गरिएको हो ।

सरकारले गत मंगलबारदेखि लकडाउन गरेपछि मजदुरीको भरमा बिहान–बेलुकाको छाँक टार्न धौधौ भएका व्यास नगरपालिका–१० निवासी दुई बच्चाकी एकल महिला प्रमिला बुढा मगरलाई एक सिलिण्डर ग्याँस प्रदान गरिएको अभियन्ता लक्ष्मीभक्त खनालले जानकरी दिनुभयो ।

खनालका अनुसार व्यास नगरपालिका–४ बागभञ्ज्याङ निबासी दुई बच्चाकी आमा मिना परियारलाई एक बोरा चामल सहयोग गरिएको हो । सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले एक बोरा चामाल र ओरेन्ज होम संञ्चालक सोम थापा मगरले उपलब्ध गराएको एक थान ग्याँस दुई परिवारलाई सहयोग गरिएको व्यास युवा क्लब सन्जालका अध्यक्ष गौरब पन्थले बताउनुभयो ।

दुई परिवारलाई ओरेन्ज होमका सञ्चालक सोम थापा मगर र सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । आपतकालिन अवस्थामा सबै काम ठप्प हुँदा ज्याला मजदुरी गरी खाने परिवारको चुल्होमा आगो बल्न नसकेको देखेपछि थोरै भएपनि राहात पु¥याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष गौरव पन्थले बताउनुभयो ।

गाउँ समाजमा रहेका जो ज्याला मजदुरीको भरमा बिहान बेलुकाको हात मुख जोर्ने यस्ता बिपन्न परिवारलाई खोजी खोजी सहयोग गर्नु नै सच्चा मानवताको धर्म भएकोले थोरै भएपनि सहयोग गरी अरुलाई पनि प्रेरणा प्रदान गरिएको सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले बताउनुहुन्छ ।