बेलायतमा स्वास्थ्यमन्त्रीमा पनि भेटियो कोरोना

0
Shares

एजेन्सी।

बेलायतका स्वास्थ्यमन्त्रीलाई समेत कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमन्त्री म्याट ह्यानककमा कोरोना पोजेटिभ पाइएको हो ।  कोरोना भेटिएपछि उनी घरमै आइसोलेसनमा बसेका छन्।

 

यसअघि आजै प्रधानमन्त्री बोरिस जोनसोनमा कोरोना पोजेटिभ भेजिएको थियो। प्रधानमन्त्री जोनसोनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई कोरोना पुस्टि भएको जानकारी दिएका थिए। विश्वभर फैलिएको कोरोनाका कारण कार्यकारी प्रधानमन्त्रीनै संक्रमित हुने जोनसोन पहिलो प्रधानमन्त्री हुन।