बेलायतमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु

0
Shares

लण्डन ।

बेलायतमा कोरोनाबाट पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ। ७६ वर्षीय डा हबीब जैदी बुधवार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए।

 

उनको परिक्षणको रिपोर्ट अझै आउँन बाँकी छ तर, परिवारका सदस्यले कोरोनाकै लक्षण देखिएको बताएका छन्। परिवारले  उनले आफ्नो जीवन पेशाकै लागिनै बलिदान दिएका बीबीसीलाई बताएका छन्।