लकडाउन कडाइका साथ पालना गर्न कांग्रेसको आग्रह

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेस बुटवल नगरसमितिलेसरकारले जारी गरेको लकडाउन कार्यान्वयन गर्न नगरवासिमा आग्रह गरेको छ ।

कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउनको निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल गरेको हो । एक बिज्ञप्ती जारी गर्दै लकडाउनलाइ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

नगर सभापति खेलराज पाण्डेले लकडाउनमा घरमै बसेर सरकारलाइ सहयोग र आफ्नो स्वास्थ्यलाइ जोगाउन आग्रह गर्नुभएको छ ।
साथै यो समयको प्रतिकूलतालाई संयम, एकता र पारिवारिक प्रेमका साथ सामना गर्नु सबैको कर्तव्य भएको सो पार्टीले उल्लेख गर्नुभयो ।
उहाले लकडाउनका कारण दिनभरि काम गरेर खाने निम्न बर्गका व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।