डोटीका एक जनामा कोरोनाको आशंका, स्वाब परिक्षणका लागि काठमाण्डौँ पठाइयो

0
Shares

विमल विष्ट, डोटी ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा जिल्लामा एक जनाको स्वाब परिक्षणका लागि काठमाण्डौँ पठाइएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट कामगरेर घर आएका जिल्लाका १९ वर्षीय एक युवक मङ्गलबार जिल्ला अस्पतालको सम्पर्कमा आउनु भएका थियो । अस्पतालको सम्पर्कमा आउनु भएका उहाँलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मङ्गलबारनै आइसोलेसन वार्डमा भर्ना गरेको थियो ।

आइसोलेसन वार्डमा भर्ना हुनु गरिएका निज युवकको घाटी र नाकको स्वाब परीक्षणका लागि काठमाण्डौँ स्थित टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योती पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँको स्वाब एम्वुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं, धनगढीबाट काठमाडौं लगिनेछ ।

” स्वाबको रिपोट नआएसम्म उहाँलाई आइसोलेसन वार्डमै राखिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । स्वाब परिक्षणका लागि पठाइएका युवकको परिचयभ भने गोप्य राखिएको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमण भएको आशंकामा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो ।